धरान -२ मा एमालेका राई विजयी



धरान । धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६९५ मत विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गरेका छन् ।

अन्य सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको थियो ।