दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



दाङ । दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकीले विजय हासिल गरेका छन् ।

नवनिर्वाचित बस्नेतले पाँच हजार ७१६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णु केसीले चार हजार ५२४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालय शान्तिनगरले जनाएको छ । त्यस्तै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पदका उम्मेदवार मोहन वलीले दुई हजार ७९४ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपाध्यक्षमा कांग्रेसका प्रेमा बुढाथोकीले पाँच हजार ७५० मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कमला भण्डारीले चार हजार २८ मत प्राप्त गरेकी छन् । मओवादी केन्द्रका उम्मेदवार राधिका परियारले तीन हजार ८० मत प्राप्त गरेकी छन् ।

यसअघि पनि शान्तिनगरमा कांग्रेसले नै जितेको थियो । शान्तिनगरमा कूल २० हजार ८६३ मतदाता रहेकोमा १४ हजार ८०१ मत खसेको थियो ।