थप ९ जनामा काराेना सङ्क्रमण पुष्टि



काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार २५५ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २११ रहेका छन् ।


पछिल्लो समय १८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६७४ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

शून्य सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ३१ पुगेको छ । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको मृत्यु भएको छ ।

हाल होम आइसोलेशनमा २०९ संस्थागत आइसोलेशनमा दुई र सघन उपचार कक्षमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा १६ हजार १० जनाले खोप लगाएका छन् ।