तनहुँको आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका हुन् ।

अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे ।


उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरिन् ।

छवटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ । माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको छ । कांग्रेसले वडा नं ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नं ६ मा विजय हासिल गरेको छ ।