टोखा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी



काठमाडौँ । काठमाडौं जिल्लाको टोखा नगरपालिकामा नेकपा एमालेले मेयर र नेपाली कांग्रेसले उपमेयर जितेको छ।

मेयरमा एमाले उम्मेदवार एवं निवर्तमान मेयर प्रकाश अधिकारी १० हजार ३४० मतसहित विजयी भए ।


निकटम प्रतिद्वन्द्वी कांग्रेसकी रजनी थापा १० हजार १६६ मत पाएर पराजित भइन् । उनी १७४ मतान्तरले पराजित भएकी हुन्।

उपमेयरमा कांग्रेसका मुरारी तामाङ ६१४ मतान्तरले निर्वाचित भएका छन् । तामाङले १० हजार १३२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन् ।