जीतपुर सिमरा उपमहानगरको मेयरमा माओवादीका राजन पौडेल निर्वाचित



बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका मेयरमा नेपाल माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन् । पौडेलले १८ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् । उपमेयरतर्फ एमालेका अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । अधिकारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मेघा शाहीले १५ हजार ८ सय ४२ मत प्राप्त गरेकी हुन् ।


सो उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन रहेको थियो । २०७४ सालमा भएको स्थानीय तह चुनावमा एमालेले मेयर र उपमेयर जितेको थियो ।