गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस



चरीकाेट । दोेलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन् । उनीहरुले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन् ।

चार हजार ७५१ मतसहित कार्की निर्वाचित भएका हुन् । एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गरेका छन । उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गरेका छन् भने प्रत्यासी शिवाकोटीले तीन हजार २८१ मत प्राप्त गरे ।


नौ वडा रहेको गौरीशङ्करमा एमालेले वडा नं ५ मा मात्र वडाध्यक्ष जितेको छ । वडा नं ४, ६ र ९ मा कांग्रेस तथा वडा नं १, २, ३, ७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ ।