गोकर्णेश्वर नगरपालिकामा कांग्रेसको अग्रता



काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा (एमाले)लाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो ।

नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो । कांग्रेसका दीपक रिसालले छ हजार २६२ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका उद्धव विष्टले पाँच हजार ८६२ मत पाएका छन् ।


उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी शान्ति नेपालले पाँच हजार ८५२ मत पाएकी छन् । उनलाई पछ्याउँदै एमालेका सान्नानी लामाले पाँच हजार ८३६ मत पाएका छन् ।