गुल्मीको मदानेमा १० मतान्तरले नेपाली कांग्रेसका कुँवर विजयी



गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन् ।

सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम केसीले चार हजार ६९७ मत ल्याएका छन् ।


उपाध्यक्षमा भने एमालेकी सरिता खड्काले जीत हासिल गरेकी छन् । खड्काले चार हजार ५६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाटै नेकपा(माओवादी केन्द्र)का वेगम चन्दले चार हजार २११ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाका सात वडामध्ये १, ३, ४, ६ र ७ वडामा कांग्रेस एवम् वडा नं २ र ७ वडामा एमालेले वडाध्यक्ष जितेको छ ।