गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक



काठमाडाैँ । गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ ।

‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, कहिले मन प¥यो, आँधीबेहरीले उडायो, केश को¥याजस्ता विभिन्न छवटा गीतहरू समावेश गरिएको छ । यसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर छ । गीतलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दीक्षित पौडेलले सङ्गीत संयोजन गरेका हुन् । गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका हुन् । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।


गीति लेखनमा चार दशक पार गरिसक्नुभएका गीतकार वीरेन्द्र पाठकले आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेका उनको एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । सङ्गीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११औँ एकल एल्बम हो । उनका सयौँ गीत बजारमा चर्चामा छन् । साङ्गीतिक यात्रामा तीन दशक पार गरिसकेका सङ्गीतकार मास्केको ‘मैले खोजेको साइली तिमीलाई’ पचासको दशकमा चर्चामा रहेको गीत हो ।