खाेटाङकाे दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख एमाले विजयी



खाेटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी भएका छन् ।

कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । लोकेन्द्रले दुई हजार ८०३ र नइन्द्रले दुई हजार १६२ मत प्राप्त गरेकाे जनाइएको छ ।


यस्तै, उपप्रमुखमा विजयी मगरले दुई हजार ७३३ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कटवालले दुई हजार ३१२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रका गाउँपालिका प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले दुई हजार ९३ मत र उपप्रमुखका उम्मेदवार नैनकुमारी खत्रीले एक हजार ७०६ मत प्राप्त गरेका छन् । निर्वाचनमा तेस्रो मत प्राप्त गरेका गोपालचन्द्र सरकारी अधिकृतको जागिर छाडेर गाउँपालिका प्रमुखका उम्मेदवार बनेका थिए ।