कैलालीको बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी विजयी



कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा (एमाले)का कर्णबहादुर कुँवर विजयी भएका छन् ।

कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै विजयी भएका हुन् ।कुँवरले पाँच हजार ८४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कठरियाले चार हजार १८६ मत ल्याएका छन् ।


त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का गणेश राज गिरी निर्वाचित भएका छन् । गिरीले एमालेकी इन्दु कठरियालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले चार हजार ५६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दुले चार हजार २५५ मत ल्याएका छन् ।