कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र विजयी



मान्म । कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् । शाहीले ३ हजार ४७ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् ।


उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भएका छन् । बरालले २ हजार ८०९ मत तथा उनकाे निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याएकी छन् ।

रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।