काठमाडौँको मेयरमा स्थापितभन्दा बालेन दोब्बर मतले अगाडि



काठमाडाैँ । काठमाडौं महानगरपालिकाको स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार बालेन्द्र साह(बालेन)ले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि अग्रता बनाएका बालेनले करिब २ हजार मतले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले ४१३९ मत ल्याएका छन् । नेकपा एमालेको तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले २ हजार १ सय ४८ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् ।
त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ८ सय २ मत प्राप्त गरेकी छन् ।