काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित



काठमाडाैँ । काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका छन् । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित भएका छन् । महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पारेकी छन् । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छन् ।


हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ ।