ओलीजी संघीयता विरोधी व्यक्ति हो : प्रधानमन्त्री देउवा

kf]v/f, @% j}zfvM k|d b]pjf r'gfjL ;ef ;Daf]wg k|wfgdGqL Pj+ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf kfFrbnLo u7aGwgsf tkm{af6 r'gfjL cfd;efnfO{ kf]v/fdf ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;


पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई गठबन्धनको पक्षमा लाग्न आग्रह गरेका छन् । आइतबार पोखरामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री देउवाले गठबन्धनले सबैभन्दा बढी कांग्रेसलाई फाइदा भएका कारण यसको पक्षमा लाग्न आग्रह गरेका हुन् ।

देशभरका महानगरपालिका र उपमहानगरपालिकामा कांग्रेसकै उम्मेदवार बढी भएका कारण इमानदारीपूर्वक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन क्रियाशील हुन आग्रह गरे ।


उनले गठबन्धनले  जितेको अवस्थामा मात्रै देशको विजय हुने समेत बताए । देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताए । उनले केपी ओली र उनको पार्टी गणतन्त्र, संघीयताको खिलाफमा भएको बताए ।

‘ओलीको पार्टी र उहाँ स्वयं प्रजातन्त्रको पक्षमा हुनुहुन्न । प्रजातन्त्रको खिलाफको व्यक्ति हो उहाँ । उहाँको अर्कै षड्यन्त्र छ । गणतन्त्रको खिलाफमा, प्रजातन्त्र, संघीयताको खिलाफको व्यक्ति हो उहाँ,’ देउवाले भने, ‘ओलीले जितेपछि के गर्छन् के गर्छन् । भोलि संसद्‍ भंग गर्दिने, पर्सि संसद्‍ चल्न नदिने । एमालेजस्तो अविश्वसनीय पार्टी अन्त कहीँ छैन ।’

प्रधानमन्त्री देउवाले संसद्मा कांग्रेसको विरोध सहन नसकेर ओलीले संसद् भंग गरेको पनि बताए । पोखरामा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार बनेका छन् ।