एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको पनि बताए ।  आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले नेपाल सरकारले एक चीन नीतिप्रति दृढ रहेको जानकारी दिए ।

उनले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए । विगतमा चीन विरोधीलाई आफ्नै सरकारको पालामा प्रतिबन्ध लगाएको स्मरण गराएका थिए ।


‘विगतमा नेपालमा चीनविरुद्धका गतिविधि समेत सरकारले शान्त पारेको थियो,’ उनले भने । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले छिमेकी मुलुक चीनलाई सरकारले चिढ्याइरहेको आरोप लगाएपछि त्यसको खण्डन गर्दै देउवाले एक चीन नीतिप्रति सरकार दृढ रहेको बताएका हुन् ।