इनार खन्ने क्रममा पुरिएका एक युवाको शव तीन दिनपछि निकालियाे



तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपछि आज फेला परेको हो ।

गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माटोको ढिस्कोले पुरिएपछि स्काभेटर प्रयोग गरेर निजको शव निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए । निजको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । करिब ४० फिट गहिरो कुवा खन्ने क्रममा चौधरी पुरिएका थिए ।