आईजीपी बढुवाविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा



काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई विधि मिचेर बढुवा गरिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । पोखरेलको रिट निवेदन सर्वोच्च अदालतमा पेस भएर दर्ताका लागि अध्ययन भइरहेको अदालतले जानकारी दिएको छ । 

सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् । सिंहले आज  दर्ज्यानी चिन्ह लगाइसकेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहले फुली लगाएका हुन् ।