अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का दलबहादुर भट्टराई आठ हजार २८३ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पद्म क्षेत्रीले छ हजार ७२६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा एमालेकै दीपा पोख्रेलले आठ हजार १५५ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शोभाखर खनालले छ हजार ६५७ मत प्राप्त गरेका छन् ।