हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता



हुम्ला । ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् ।

३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहेको छ भने उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजमल बुढाले २४४ मत प्राप्त गरेका छन्। वडा नं १ र ५ को ९३७ मतगणना गर्दा माओवादी केन्द्रका जैशीले अग्रता कायम गरेका हुन् ।


उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गर्नुभएको छ, भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याएकी छन् । गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का सम्पती शाहीले ३८ मत ल्याएकी छन् भने उपाध्यक्षमै कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत प्राप्त गरेका छन् ।