हुम्लाको खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रावल विजयी



हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा (माओबादी)का ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।