‘हाम्रो सम्बन्ध’ म्युजिक भिडियो सार्वजनिक



काठमाडाैँ । दक्षिण कोरियामा रहेका युवा गायक नवीन विश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक विश्वकर्माको शब्द र सङ्गीत रहेको छ । गीतमा इजोक थापा मगरले सङ्गीत संयोजन गरेका छन् ।

दक्षिण कोरियाका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङको अभिनय हेर्न सकिन्छ । म्युजिक भिडियोमा ‘त्यो पारि क्षितिजमा…’, ‘हेर हामीलाई साथमा…’, ‘तिमी आयांै जीवनको रङ्ग भरिदेआँै…’, ‘तिम्रो साथमा…’लगायत बोलका गीत समावेश गरिएका छन् । इकाम शटको सम्पादन र छायाङ्कन रहेको यस भिडियोलाई इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो । यसअघि गायक विश्वकर्माको स्वरमा ‘यादमा’, ‘आभाष’ बोलका गीत सार्वजनिक भइसकेका छन् ।