स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका भगवती शर्मा विजयी भएका छन् ।

निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीका अनुसार कुँवरले चार हजार ८७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपाध्यक्षमा भगवती शर्माले चार हजार ९३७ मत ल्याएर विजयी हुँदै गर्दा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गरे ।

आठ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित तीन वडाध्यक्षमा एमाले, चार वडाध्यक्षमा कांग्रेस र एउटा वडाध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा बिरुवा गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो । बिरुवा गाउँपालिकामा कूल १६ हजार ५९९ मतदाता रहेकामा १० हजार ४६० मत खसेको थियो ।

कूल मतदाताको ६३.०२ प्रतिशत मत खसेको बिरुवामा चार हजार ९८२ पुरुष र पाँच हजार ४७८ महिलाले मतदान गरेका निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।