स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी



स्याङ्जा । स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।

स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ । प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । प्रमुखमा कर्माचार्यले ६ हजार ५०४ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका अर्यालले पाँच हजार ६६९ मत ल्याए ।


उपप्रमुखमा अर्याल र अधिकारीबीच दुई हजार २६९ को मतान्तर रहेको छ । त्यस्तैगरी उपप्रमुखमा कांग्रेसकी भगवती रेग्मी अर्याल सात हजार १९७ मतसहित विजयी भएकी हुन् भने उनकी प्रतिस्पर्धी सरस्वती अधिकारीले चार हजार ९२८ मत प्राप्त गरिन् ।

नगरपालिका–१, २, ३, ४, ५, ७, ८ र ९ गरी आठवटा वडामा कांग्रेसका अध्यक्षका उम्मेदवारहरू विजयी भएका छन् भने वडा नं ६ मा एमालेका अध्यक्ष मात्रै विजयी भएका हुन् । भिरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकामा १३ हजार १३ जनाले मतदान गरेका थिए ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै हेमा न्यौपाने विजयी । उनले एमालेकी देवीसरा थापालाई ६३ मतले पराजित गरेकी हुन् । विजयी न्यौपानेले नौ हजार ११८ मत प्राप्त गरेकी हुन् भने पराजित थापाले नौ हजार ५५ मत ल्याइन् ।

हरिनास गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार बनेका खिमनारायण मानन्धरले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी भएका मानन्धरले चार हजार ७६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका भुजेलले चार हजार ७३२ मत ल्याए । मानन्धर यसअघिको निर्वाचनमा विजयी भएर गाउँपालिकाको अध्यक्ष बनेका थिए ।

दोस्रो पटक अध्यक्षमा झिनो मतान्तरले विजयी बनेका मानन्धरसँग उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी राना थापा २४ मतले विजयी भएकी छन्। उनले चार हजार ७४० मत प्राप्त गरी विजयी भएकी हुन् भने उनकी प्रतिस्पर्धी मिठु लम्सालले चार हजार ७१६ मत ल्याइन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा विजयी भएका छन् । उनले कांग्रेसकी माया रानालाई एक हजार ६४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले ६ हजार ७०० मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बनेकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै सावित्रा कोइराला विजयी भएकी छन् । उनले ६ हजार २२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले चार हजार ८३९ मत पाएका छन् ।