सूर्यविनायक २ मा कांग्रेसको प्यानल विजयी



भक्तपुर । सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा रञ्जिता तिखात्री छन् ।


सूर्यविनायक नगरपालिका वडा नं १ र २ को अन्तिम मत परिणाम आउँदासम्म नगर प्रमुखमा कांग्रेसका उम्मेदवार निशान ढुङ्गेलले अग्रता लिइरहेका छन् भने उपप्रमुखमा नेकपा (एमाले)की सरिता भट्टराईले अग्रता लिएका छन् । वडा नं ३ को मतगणना जारी रहेको छ ।