सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी



कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी भएका हुन् ।

चन्दले ६ हजार १७० तथा उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे । उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ तथा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे ।


नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांगे्रसले चार वडामा जित हासिल गरेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष÷उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए । सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौवटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ ।

कांग्रेसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख र माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।