सुरुङ्गा नगरपालिकामा कांग्रेसबाट निर्वाचित भएर सप्तरीको पहिलो महिला नगर प्रमुख बनिन् चौधरी



सप्तरी । सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बनेकी छन् ।

सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बनेकी हुन् । उनले सात हजार २९२ मत ल्याएकी छन् । योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ ।


सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले चार हजार २१७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहेका छन् । एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याएकी छन् ।

वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, कांग्रेस र माओवादी केन्द्रले दुई÷दुईमा जीत हासिल गरेका छन् । सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले चार, एमालेले दुई तथा जसपा, लोसपा, जनमत, एकीकृत समाजवादीले एक÷एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।