सुन्दरहरैचा नगरपालिकामा एमाले विजयी



माेरङ । सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नवराज चापागाँई ११ हजार ३०० मत प्राप्त गरेकी छन् ।


सो गाउँपालिकाको दश वडा मध्ये नेपाली कांग्रेसका छ नेकपा ९एमाले०का तीन , एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको छ ।मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।