सिन्धुलीको फिक्कलमा एमालेको विजय



सिन्धुली । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् ।

सुनुवारले चार हजार ६२ र बरालले चार हजार २५६ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । सुनुवारको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका निर्पबहादुर भुजेलले चार हजार १७ र वरालको निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का लोकेन्द्रबहादुर कार्कीले तीन हजार ४२६ मत प्राप्त गरेका छन् ।


फिक्कलको छ वडामध्ये चार वटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा कांग्रेसले अध्यक्षमा विजयी भएका छन् ।