सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा झडप हुँदा ६ राउण्ड हवाई फायर



सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । 

राजनीतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले गोली चलाएका छन् ।


धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदानस्थलमा सुरक्षाकर्मीले ६ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।