सप्तरीको शम्भुनाथ नगरपालिकामा एकीकृत समाजवादी विजयी



सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।

प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका हुन् । कलवारले पाँच हजार ३९२ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार चौधरीले चार हजार १४३ मत ल्याएका छन् । विसं २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका गुप्ता ४४ मत अन्तरले पराजित भएका थिए । त्यो बेला कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार ७७८ मत ल्याई गुप्तालाई पराजित गरेका हुन् ।


एकीकृत समाजवादीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा जित हासिल गरिन् । उनले ४ हजार ९९८ मत ल्याइन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले चार हजार २७१ मत ल्याए । वडाध्यक्षमा एकीकृत समाजवादीले पाँच, काग्रेसले पाँच तथा जसपा र लोसपाले एक÷एक वडाध्यक्षमा जित हासिल गरेका छन् ।