सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा कांग्रेस उम्मेदवार निर्वाचित



सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित भएका हुन् ।

मण्डलले पाँच हजार ४५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले तीन हजार ५७५ मत प्राप्त गरे । सिंह निर्वतमान अध्यक्ष हुन्।


उपाध्यक्षमा निर्वाचित साहले तीन हजार ६८१ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले दुई हजार ९०४ मत पाइन् ।