सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एमाले विजयी



राजविराज । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका रामलखन मलाह निर्वाचित भएका छन् । यस्तै नगर उपप्रमुखमा पनि एमालेकी मिराकुमारी यादव निर्वाचित भएकी छन् । 

अन्तिम मत परिणामअनुसार नगर प्रमुखमा निर्वाचित एमालेका मलाहले ५ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरे ।


यस्तै नगर उपप्रमुखमा निर्वाचित एमालेकी मिराकुमारी यादवले ६ हजार १ सय ९७ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी जसपाकी इन्दुदेवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गरेकी छन् ।

डाक्नेश्वरीको नतिजासमेत सप्तरीमा कुल १८ मध्ये १७ स्थानीय तहको मतगणना सकिएको छ । रुपनी गाउँपालिकाको मतगणनासमेत अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।