सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड



सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाे हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएको छ ।

एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवाद भएको थियो ।


विवादपछि तोडफोडमा परिणत भएको थियो । मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए ।