श्रीलङ्कामा वर्षासँगै आएको बाढी र पहिरोबाट ६०० भन्दा बढी परिवार प्रभावित भएका बताइएको छ । श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएअनुसार देशमा वर्षाको मौसम प्रबल हुँदै जाँदा बाढी र पहिरोबाट ६०० भन्दा बढी परिवार प्रभावित भएका छन् ।
दक्षिणी जिल्ला रत्नपुरामा ५८५ परिवारबाट कुल दुई हजार २९० जना प्रभावित भएका छन् भने पश्चिमी प्रदेशको कालुतारा गाउँपालिकामा १६ परिवारका ६२ जना प्रभावित भएको डिएमसीले जनाएको छ । बाढी र हावाका कारण ८२ घर आंशिक रुपमा क्षतिग्रस्त भएको डिएमसीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्र र पहिरोको जोखिम रहेका पहाडी क्षेत्र नजिकै बसोबास गर्नेलाई सम्भावित बाढी र पहिरोबाट सतर्क रहन चेतावनी दिइएको छ । बिगत केही दिनमा देशका प्रायजसो भागमा भारी वर्षा भएको डिएमसीले जनाएको छ ।