शङ्खरापुर नगरपालिका- १ मा माओवादी, ९ मा कांग्रेस विजयी



काठमाडाैँ । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित भएका छन् ।

दङ्गाले ६७४ र श्रेष्ठले ७०५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दङ्गालको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिए । वडा सदस्यमा भने समाजवादीको समूह नै निर्वाचित भएको छ ।