शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता



काठमाडाैँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले दुई हजार ३१७ मत पाएको नगर निर्वाचन कार्यालय जनाएको छ ।

उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाएका छन् ।


नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएकी छन् । उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएकी छन् । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छिन् । एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएकी छन् ।

नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिइन् ।