विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी



विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी भएका हुन् । 
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए ।

यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइन् । उनले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाए । 


विराटनगरमा काँग्रेस र जसपाकाे गठबन्धन रहेको थियो । गठबन्धनलाई पराजित गर्दै उपमेयर एमालेले जितेको हो ।