लाक्पा शेर्पाद्वारा १०औं पटक सगरमाथाको सफल आरोहण



काठमाडौँ । लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । ४८ वर्षीया शेर्पाले बिहीबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेको सेभेन समिटले जनाएको छ । यससँगै उनले सर्वाधिक सगरमाथा चढ्ने महिला आरोहीको रेकर्ड बनाएकी छन् । सन् २००० मा उनले पहिलोपटक सगरमाथा चढेकी थिइन् ।

यसअघि, १९९३ मा पासाङ ल्हामु शेर्पाले पहिलो नेपाली महिलाका रुपमा सगरमाथा चढेकी थिइन् । तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पा पछिल्ला वर्ष आफ्नै रेकर्ड तोड्दै आइरहेकी छन् ।