ललितपुर महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी



ललितपुर । ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा (एकीकृत समाजवादी) कै श्रीगोपाल महर्जन विजयी भएका छन् । हाल ४, ५ र ६ को गणना जारी छ । हालसम्मको मत परिणामअनुसार महानगरको प्रमुखमा चिरीबाबु महर्जनको अग्रता कायम छ ।


महर्जनले चार हजार ७३० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ७४४ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य (आस्था) ले दुई हजार १४६ मत ल्याएर अग्रता कायम राखेकी छन् । नेकपा माओवादीका बाबुराज शाक्यले एक हजार ५५४ मत ल्याएका छन् ।