ललितपुरमा मध्यह्नसम्म ५० प्रतिशत बढी मत खस्यो



ललितपुर । ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ ।

कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए । उनका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।


मतदानस्थलमा बिहान भीडभाड देखिएपनि दिउँसो कम भएको सिवाकोटीले जानकारी दिए । अपराह्नपछि पुनः मतदान केन्द्रमा मतदाता बढ्ने अनुमान गरिएको छ ।