रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी



राेल्पा । रोल्पाको थवाङ गाउँपालिका नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले दुई हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत प्राप्त भएको थियो ।


उपाध्यक्षमा माओवादी केन्द्रका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका छन् ।

थवाङमा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए । सो गाउँपालिका–१, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं २ मा अभिलाषा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवद्र्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका छन् ।