रुकुमपूर्वको भूमे गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी



रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेको छ । भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा सबिना बुढा निर्वाचित भएकी छन् । उनीहरु दुवै जना भारी मतका साथ विजयी भएका हुन् । अध्यक्षमा विजयी श्रेष्ठले तीन हजार ९७५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा विजयी बुढाले तीन हजार ९५१ मत प्राप्त गरेका छन् ।


यस्तै अध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेशनल मङ्गोल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले ५०३ मत प्राप्त गरे । एमाले–कांग्रेस गठबन्धनबाट उपाध्यक्षमा लडेका कमान सिहं डाँगी क्षेत्रीले एक हजार ३५५ मत प्राप्त गरे ।