राजगढ गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी



सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाबाट नेकपा (एमाले) अध्यक्षमा र जसपा उपाध्यक्षमा विजयी भएको छ । अध्यक्षमा एमालेका ओमप्रकाश मण्डल चार हजार १४९ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले तीन हजार ८०७ मत ल्याए ।

उपाध्यक्षमा भने एमालेकी रेखाकुमारी यादवलाई १२३ मत अन्तरले पराजित गर्दै जसपाकी रेणुदेवी मण्डल विजयी भइन् । निर्वाचित मण्डलले तीन हजार ८३० मत ल्याइन् । यसअघि निर्वाचित निवर्तमान अध्यक्ष कांग्रेसका परमानन्द यादवले दुई हजार ८९३ मत ल्याई तेस्रो स्थानमा रहे ।


गत स्थानीय तहको निर्वाचनमा यादवले तीन हजार ५४५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक निर्वाचित मण्डल गत निर्वाचनमा दुई हजार ४३३ मत ल्याई निकटतम प्रतिद्वन्द्वी रहेका थिए । वडाध्यक्षमा एमाले तीनवटा, जसपाले दुई वटा र कांग्रेसले एउटा वडामा जीत हासिल गरेको छ ।