रसुवामा २५ प्रतिशत मतदान



रसुवा । आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार अहिले १०ः३० बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

सांसद मोहन आर्चायले उत्तरगया गाउँपालिका वडा नं ५ को माझगाउँ केन्द्रबाट ९ः३० बजे मतदान गरेकाे मतदान अधिकृत नेत्रमणि न्यौपानेले जानकारी दिए । रसुवा जिल्लाको ५१ मतदान केन्द्रबाट मतदाता गर्ने मतदाताको सङ्ख्या ३८ हजार ५४५ जना बताइएको छ । मौसम सामान्य रहेकोले मतदानका लागि उत्साहपूर्वक मतदाता लामबद्व भएर आफ्ना मताधिकार प्रयोग गरिरहेका छन् ।