रसुवामा २:३० बजेसम्म ६० प्रतिशत मतदान



रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ ।

उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।


अहिले २:३० बजेसम्म ६० प्रतिशत मतदान भएको उनले जानकारी दिए । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।