रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी



रसुवा । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत कल्पनाकुमारी खतिवडाले जानकारी दिइन् । यसअघि लामा सोही गाउँपालिकाको उपाध्यक्ष थिए ।

यसैगरी उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले दुई हजार नौ सय चार मत प्राप्त गरी विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का भुमे लामाले एक हजार नौ सय ५१ मत प्राप्त गरेका छन् ।


यस्तै सो गाउँपालिकाको छ वडामध्ये १, ४, ५ मा कांग्रेसका क्रमशः कान्छा तामाङ, ज्ञानी वाइवा र श्यामबहादुर थिङ, वडा नं २, ३, ६ मा एमालेका क्रमशः ङाफुबाबु थोक्रा, नोकेन्द्रदेव नेकोर र योनुर्पु तामाङ अध्यक्षमा विजय भएका छन् । गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका, उत्तरगया गाउँपालिकाको मत परिमाण यसअघिनै घोषणा भइसकेको छ ।