यस्तो छ चलचित्र ‘चिसो मान्छे’को ट्रेलर (भिडिओ)



काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ । दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्मको ट्रेलरमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् ।

‘चिसो मान्छे’ एउटा ट्राभल स्टोरी हो। फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट बाजुरासम्म पुर्‍याउँदाकाे कथा समेटिएको छ ।


फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।