![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
रूपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् ।
चौधरीले पाँच हजार ३८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे अहिरले चार हजार ९८८ मत प्राप्त गरे । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि चौधरी अध्यक्षमा निर्वाचित भएका थिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
त्यस्तै उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय चार हजार ९४२ मत प्राप्त गरी विजयी भइन् । सो पदमा कांग्रेसका उम्मेदवार तारादेवी यादवले चार हजार ८८९ मत प्राप्त गरिन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)